सत्यवतीका विषय शिक्षक र प्रअको गैर जिम्मेवारपनले ४ जिपिए ल्याउन वञ्चित भएको गुनासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सत्यवतीका विषय शिक्षक र प्रअको गैर जिम्मेवारपनले ४ जिपिए ल्याउन वञ्चित भएको गुनासो

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८२, सोमबार

    दमौली, १६ असार । व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयका विषय शिक्षक र प्रधानाध्यापकको गैर जिम्मेवारीपनले एक छात्राको ४ जिपिए आउनबाट वञ्चित भएको परिवारले दावी गरेको छ ।

    व्यास नगरपालिका-५ निवासी अन्वेषिका शर्माले एसइइमा ३.९८ जिपिए प्राप्त गरेकी छन् । तर विद्यालयका आन्तरिक नम्बर पठाउने विषय शिक्षक र प्रमाणित गर्ने प्रधानाध्यापकको गम्भीर गैरजिम्मेवारपनाले गर्दा ४ जिपिए गुमेको परिवारको गुनासो छ ।

    ३.९८ जिपिए प्राप्त गर्ने शर्मा विद्यालयको एक्लो विद्यार्थी हुन् । उनी सरहकै विद्यार्थीलाई विषय शिक्षकले प्रयोगात्मकमा बढी नम्बर दिएपनि उनलाई भने कम नम्बर दिएको बताइएको छ ।

    यसअघि पनि विद्यालयको लापरवाहीले ४ जिपिए ल्याउने विद्यार्थी वञ्चित हुँदै आएको परिवारको गुनासो छ ।