दमाैली, १६ असार । व्यास नगरपालिकाभित्रका सामुदायिक विद्यालयका दुइ सय १६ विद्यार्थी एसइइमा अनुत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएकाे नतिजा अनुसार नगरपालिकाभित्रका २२ सामुदायिक विद्यालयका दुइ सय १६ विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।
सामुदायक विद्यालयबाट आठ सय ५२ विद्यार्थी परीक्षामा सहभागी रहेकामा छ सय ३६ उत्तीर्ण भएका छन् । सामुदायिकतर्फ उत्तीर्ण प्रतिशत ७५ प्रतिशत रहेकाे छ ।
व्यासकाे ‘उत्कृष्ट’ सत्यवतीमा १६ विद्यार्थी फेल
व्यास नगरपालिकाकाे ‘उत्कृष्ट’ विद्यालय दमाैलीस्थित सत्यवती माध्यमिक विद्यालयमा यस वर्षकाे एसइइ परीक्षामा १६ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस वर्ष तीन सय १९ विद्यार्थी परीक्षामा सहभागी रहेका तीन सय तीन जना उत्तीर्ण भएका छन् ।
उक्त विद्यालयकाे नतिजा प्रतिशत ९४.९८ रहेकाे छ । विद्यालयकी एक छात्राले उच्चतम ३.९८ जिपिए प्राप्त गरेकी छन् ।
दुई विद्यालयकाे नतिजा सय प्रतिशत
यस्तै दुई विद्यालयकाे नतिजा भने सय प्रतिशत रहेकाे छ । महर्षि वेदव्यास संस्कृत मावि र सिद्धेश्वरी माविकाे नतिजा सय प्रतिशत छ ।