अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तनहुँका एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तनहुँका एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८२, मंगलवार

    दमाैली, १७ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-७ बस्ने तनहुँ व्यास नगरपालिका-१२ घर भएका ३० वर्षीय रन्जन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

    रन्जनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो । 

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।