ऑबुखैरेनी अस्पतालमा हाडजोर्नीको पहिलो उपचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी अस्पतालमा हाडजोर्नीको पहिलो उपचार

    खबरपुञ्ज संवाददाता

    २० असार २०८२, शनिबार

    दमौली, २१ असार । आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको पहिलो उपचार गरिएको छ । हातको हड्डी भॉचिएका एक बिरामीको शल्यक्रिया मार्फत् उपचार गरिएको हो ।

    हाडजोर्नी तथा नशा रोग विशेषज्ञ नियुक्तिसँगै शुक्रबार हातको हड्डी भाँचिएका एक जनाको शल्यक्रिया मार्फत स्टिलहाली जोड्ने कार्य भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    ऑबुखैरेनीमा हाडजोर्नीको उपचार सुरु भएसँगै यस भेगका जनतालाई सेवा लिनका लागि चितवन, पोखरा, काठमाडौ जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।