निजामती विधेयकको छेडखानी छानबिन गर्न संसदीय समिति गठन हुने, नेतृत्व कांग्रेसलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निजामती विधेयकको छेडखानी छानबिन गर्न संसदीय समिति गठन हुने, नेतृत्व कांग्रेसलाई

    खबरपुञ्ज संवाददाता

    २० असार २०८२, शनिबार

    काठमाडाै, २१ असार। निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानी छानबिन गर्न संसदीय समिति बन्ने भएको छ ।

    ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन गर्न संसदीय समिति बन्ने भएको हो । 

    सभामुख देवराज घिमिरेले शनिबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका सचेतक र प्रमुख सचेतकसँग गरेको छलफलमा समिति गठनको निर्णय भएको हो । 

    छलफलमा सात सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गर्ने निर्णय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

    संसद्को नियमावलीको १८० बमोजिम बन्ने उक्त  समितिमा कांग्रेस र एमालेबाट २-२ तथा माओवादी, रास्वपा र राप्रपाबाट १-१ जना सदस्य रहने सहमति भएको बर्तौलाले  जानकारी दिए । समितिको नेतृत्व कांग्रेसले गर्नेछ ।

    प्रतिनिधिसभाको सोमबार बस्ने बैठकले शनिबारको छलफलको निर्णय अनुमोदन गर्दै समितिमा रहने सदस्यहरूको नामावली सार्वजनिक गर्नेछ । 

    संसदीय समितिलाई छानबिनका लागि १५ दिनको समय दिने निर्णय भएो बर्तौलाले बताए । 

    राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयक संसद्‌मा जाँदा तोडमोड गरेको पाइएको थियो । उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेपछि यो विषय सार्वजनिक भएको थियो ।

    समितिले पिन यसअघि सभामुख घिमिरेलाई छानबिन समिति बनाउनका लागि अनुरोध गरेको थियो ।