


दमाैली, २६ असार । व्यास नगरपालिका-९ निवासी मिर्गाैला पीडित अर्जुन विष्टकाे उपचारका लागि टिकटक मार्फत् रु १२ हजार सङ्कलन गरिएकाे छ ।
दमाैलीका नसिब हुसेनले आफ्नाे टिकटक लाइभमा बसेर विष्टकाे उपचारका लागि उक्त रकम सङ्लन गरेका हुन् । टिकटकमा बसेर पीडितकाे बारेमा जानकारी गराएपछि सहयाेगदाताले उक्त रकम सहयाेग गरेका हुन् ।
हुसेनले उक्त रकम सामाजिक अभियान्ता सुदीप गफ्फारलाई हस्तान्तरण गरेका छन् । गफ्फारले साे रकम पीडित परिवारले बुझाउनेछन् ।