निजी घर किन्नको लागि बैंकले दिन सक्ने ऋण बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    निजी घर किन्नको लागि बैंकले दिन सक्ने ऋण बढ्यो

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८२, शुक्रबार

    काठमाडाै, २७ असार । निजी तथा आवसीय घर निर्माण तथा खरिदको लागि बैंकहरूले दिन पाउने ऋणको सीमा बढाइएको छ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

    अहिले यस्तो घर निर्माणमा २ करोड रूपैयाँसम्मको कर्जा उपलब्ध गराइएको छ। तर राष्ट्र बैंकले थप एक करोड कर्जा बढाएर ३ करोड रूपैयाँ पुर्‍याएको हो।

    त्यस्तै, पहिलो घरको लागि सम्पत्तिको मूल्यको आधारमा दिइने कर्जा अनुपात (कर्जा मूल्य अनुपात) ८० प्रतिशतसम्म दिन सकिने व्यवस्था गरिएको छ।

    त्यस्तै अन्यको हकमा भने ७० प्रतिशतसम्म दिने व्यवस्था गरिएको छ।