


दमाैली, २९ असार । म्याग्दे गाउँपालिका-५ साउनेपानीस्थित एक कटेजमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ६० रूपैयाँ र तास ४ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।