पीएसजीलाई हराउँदै चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पीएसजीलाई हराउँदै चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

    खबरपुञ्ज संवाददाता

    २९ असार २०८२, सोमबार

    एजेन्सी, ३० असार । युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। 

    आइतबार राति मेट लाइफ स्टेडियममा भएको फाइनलमा पीएसजीलाई ३–० गोल अन्तरले हराउँदै चेल्सीले क्लब विश्वकपको उपाधि चुम्न सफल भएको हो। 

    चेल्सीको जितमा कोल पाल्मरले दुई तथा जोआओ पेड्रोले एक गोल गरे।

    पीएसजीविरुद्ध चेल्सीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो। दोस्रो हाफमा पीएसजी १० खेलाडीमा सिमित हुँदा चेल्सीले कुनै गोल थप्न सकेन। 

    पहिलो हाफको २२ औँ मिनेटमा पाल्मरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।

    त्यसको आठ मिनेटपछि अर्थात खेलको ३०औँ मिनेटमा पाल्मरले व्यक्तीगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। 

    पहिलो हाफको ४३औँ मिनेटमा पेड्रोको गोलमा चेल्सीले पीएसजीमाथि ३–० को फराकिलो अग्रता बनाउन सफल भयो। 

    पहिलो हाफमा नै ३–० ले पछि परेको पीएसजी खेलको ८५औँ मिनेटमा १० खेलाडीमा सीमित बन्न पुग्यो। 

    मिडफिल्डर जोआओ नेभेसले डिफेन्डर मार्क कुकुरेलाको कपाल तानेपछि भारको सहायतामा उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाए। 

    त्यसपछि खेलमा थप गोल हुन नसक्दा चेल्सी पहिलोपटक फिफा क्लब विश्वकपमा विजयी भयो।