


काठमाडाै, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
सोमबार कांग्रेसको बुद्धिजीवी विभागद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले भने, ‘गल्ती नगरेको भए मन्त्रीले आफैं राजीनामा दिएर छानबिनको बाटो खोल्नुपर्थ्यो । तर, त्यो आँट देखिएन ।’
उनले प्रधानमन्त्रीलाई स्पष्ट सन्देश दिँदै भने, ‘तपाईंको मन्त्रीमाथि घुस काण्डको अडियो बाहिर आएको छ । अब ढिलो नगरी उनलाई बर्खास्त गर्नुस् ।’
थापाले गुप्तालाई हटाएर मात्रै नपुग्ने पनि बताए । ‘दूधको दूध, पानीको पानी हुने गरी छानबिन हुनुपर्छ । अरू को-को संलग्न छन्, अनुसन्धानले देखाउनेछ। दोषी जो भए पनि कारबाही हुनैपर्छ,’ उनले भने ।