कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    खबरपुञ्ज संवाददाता

    २९ असार २०८२, सोमबार

    काठमाडाै, ३० असार । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी कर्णाली याक्स नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई टिमको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशकको रूपमा नियुक्त गरेको छ ।

    कर्णाली याक्सले सोमबार मल्ललाई टिमको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशकको रूपमा नियुक्त गरेको हो । कर्णालीले मल्लले प्राप्त गरेको अनुभव, रणनीतिक सोच र नेतृत्व क्षमताले कर्णाली याक्सलाई प्रतिस्पर्धात्मक रूपमा थप सशक्त बनाउने विश्वास गरेको छ । 

    ज्ञानेन्द्र एनपीएलको पहिलो सिजनमा पनि कर्णाली याक्सको प्रशिक्षक थिए । एनपीएलको पहिलो सिजनमा कर्णाली दोस्रो क्वालिफायरमा पुगेर पराजित भएको थियो ।