नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८२, बुधबार

    चितवन, ३२ असार । नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ । भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ ।

    सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरु दुबैको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।