मन्त्री न्यौपाने भन्छिन् – म देश र जनताको दीर्घकालीन हित र लाभ हेरेर निर्णय लिन्छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्री न्यौपाने भन्छिन् – म देश र जनताको दीर्घकालीन हित र लाभ हेरेर निर्णय लिन्छु

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०८२, बिहीबार

    दमौली, १ साउन । नवनियुक्त संघीय मामिला तथा प्रशासन मन्त्री भगवती न्यौपानेले देश र जनताको दीर्घकालीन हित र लाभ हेरेर निर्णय लिने प्रतिबद्धता जनाएकी छन् । न्यौपानेले बिहीबार सामाजिक सञ्जाल मार्फत् भनेकी छन्, ‘निष्ठा र इमानपूर्वक काम गर्दछु । म देश र जनताको दीर्घकालीन हित र लाभ हेरेर निर्णय लिन्छु । म क्षणिक लोकप्रियताका लागि काम गर्दिनँ । नेपालमा भाइरल र चर्चित हुने रोग फैलिएको छ । म अव्यवहारिक, सनसनीखेज, उत्तेजनापूर्ण कुरा गर्दिनँ । किनभने म जिम्मेवार पार्टी नेकपा एमालेको सदस्य हो, म अति जिम्मेवार र गम्भीर सरकारको सदस्य हो ।’

    न्यौपानेले यो जिम्मेवारी दिएकामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभारी प्रकट गरेकी छन् । उनले भनिन्, ‘यो जिम्मेवारी वहन गरिरहँदा मेरो जन्मथलो, कर्मथलो तनहुँका आदरणीय जनताप्रति आभार व्यक्त गर्दछु । यो जिम्मेवारी वहन गरिरहँदा म नेकपा (एमाले)का समस्त कार्यकर्ता तथा नेताहरुप्रति आभार व्यक्त गर्दछु । मैले भन्ने कुरा खासै केही छैन । साँच्चै भन्ने हो भने मेरा भन्ने कुरा अब सकियो, गर्ने काम मात्र बाँकी छ । काम गर्नका लागि म सबैबाट हौसला, सहयोग, सल्लाह तथा सुझावको अपेक्षा गर्दछु ।’

    उनले प्रधानमन्त्रीको काम गराईको स्प्रीट र स्पीडको आफू सधैं प्रशंसक भएको बताउँदै प्रधानमन्त्रीको विचार, भावना र कार्यक्रमलाई कार्यरुपमा उतार्न योगदान रहने बताइन् ।

    उनले भनिन्, ‘म नेपाली जनताको कसम खाएर भन्छु, म बाट भ्रष्टाचारजन्य कुनै पनि काम आजसम्म भएको छैन, अब पनि हुँदैन, म सफा र वेदाग छु, म कहिल्यै लोभ र लाभले विचलित हुने छैन । मेरो सबैभन्दा ठूलो शक्ति भनेकै नैतिक बल हो । म यो शक्ति कहिल्यै गुमाउने छैन ।’