


काठमाडौ, ७ साउन । देशका एकरदुई स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसो वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।कोसी, मधेस वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ । “काठमाडौंमा आज वर्षाको सम्भावना छ,” मौसमनिवद् सरोज पुडासैनी भन्छन्, “दिउँसो १/२ बजेपछि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।” विभागले बताएअनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।