मध्यराति बोलबम नुहाउने क्रममा सुन्दरीजलमा फसे ५ जना, सेनाले गर्‍यो उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मध्यराति बोलबम नुहाउने क्रममा सुन्दरीजलमा फसे ५ जना, सेनाले गर्‍यो उद्धार

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८२, सोमबार

    काठमाडौ, १२ साउन । काठमाडौंको सुन्दरीजलमा बोलबम नुहाउने क्रममा खोलामा फसेका पाँच जनाको उद्धार भएको छ। 

    करिब २ः३० बजे गोकर्णेश्वर नगरपालिका १ स्थित सुन्दरीमाई मन्दिरनजिकै चारजना भारतीय नागरिक र एकजना नेपाली फसेका थिए।

    बोलबम नुहाइरहेको बेलामा खोलाको बहाव एक्कासि बढेर उनीहरू बीचमै फसेका थिए। 

    सेनाको चन्दननाथ गणबाट खटिएको टोली र अन्य सुरक्षा निकाय सहयोगमा उनीहरूको उद्धार गरिएको हो।