कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८२, सोमबार

    काठमाडौँ, १९ साउन । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ ।

    बोर्ड स्रोतले दिएको जानकारी अनुसार हिजो (आइतबार) डेमो गरिएको थियो ।

    क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनिक हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

    गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

    परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।