विवादरहित कार्यकाल पूरा गरी एसपी शाहीको सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विवादरहित कार्यकाल पूरा गरी एसपी शाहीको सरुवा

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०८२, मंगलवार

    दमौली, २७ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीको सरुवा भएको छ ।

    एक वर्ष १७ दिन तनहुँको कमाण्ड सम्हालेर शाही साइबर व्युरो अनुसन्धान शाखा जान लागेका हुन् । प्रहरी प्रधान कार्यालयले मंगलबार नौ जना एसपीको सरुवा गरेको छ ।

    तनहुँमा प्रदेश प्रहरी कार्यालय पोखराबाट टेकबहादुर केसी आउने भएका छन् ।

    एसपी शाही विवादरहित कार्यकाल पूरा गरी नियमित सरुवा भएका हुन् । प्रहरी प्रमुखका रुपमा जिल्लामा एक वर्ष कार्यकाल हुने गर्दछ ।

    एसपी शाहीको कार्यकालमा शान्ति सुरक्षाको प्रत्याभूति जिल्लावासीले गर्न पाए । प्रहरी कार्यालयको आन्तरिक सुधारमा पनि शाहीको योगदान रह्यो । सबैसँग समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने एसपी शाहीको कार्यकालमा फरार प्रतिवादी पक्राउमा उल्लेख्य सफलता प्राप्ति भएको छ ।