काठमाडौँमा नयाँ प्रमुख जिल्ला अधिकारी रिजालले गरे पदबहाली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौँमा नयाँ प्रमुख जिल्ला अधिकारी रिजालले गरे पदबहाली

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८२, सोमबार

    काठमाडौँ, ९ भदौ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छवि रिजालले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पदबहाली गरेका छन्।

    पदबहालीसँगै उनले कार्यालयका कर्मचारीहरूसँग परिचयात्मक बैठक गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित र गुनासो रहित बनाउन निर्देशन दिएका छन्। साथै, कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार ल्याउन र कार्यालयलाई सूचना प्रविधिमैत्री बनाएर नागरिक सेवासँग आवद्ध गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

    यसअघि रिजालले सुर्खेत, झापा र तनहुँमा प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनी सुर्खेतमा एक वर्ष, झापामा एक वर्ष र तनहुँमा ११ महिना प्रजिअ भएर काम गरिसकेका छन्। (प्रशासनबाट)