तनहुँ-१ का सांसद डा. वाग्लेद्वारा क्यानडाका तनहुँवासीसँग भेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ का सांसद डा. वाग्लेद्वारा क्यानडाका तनहुँवासीसँग भेट

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८२, बिहीबार

    दमौली, १२ भदौ । तनहुँ-१ का प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले क्यानडामा रहेका तनहुँवासीसँग भेटघाट गरेका छन् ।

    तनहुँ सेवा समाजले आयोजना गरेको कार्यक्रममा डा. वाग्लेले तनहुँवासीसँग भेट गर्दै समसामयिक विषयमा धारणा राखेका छन् । डा. वाग्ले एक सातादेखि क्यानडामा थिए ।

    बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सांसदको हैसियतमा आर्थिक-परराष्ट्र सम्बन्ध, नागरिकको तहमा डायस्पोरासँग सार्थक विकास बहस र पार्टी उपसभापतिका रुपमा व्यापक सांगठनिक विस्तार गर्दै झन्डै १ लाख नेपाली बस्ने क्यानाडामा एक साता लामो भ्रमण सफल बनाउने सबै हितैषीहरुलाई हार्दिक धन्यवाद ।’