सुनको मूल्यमा रेकर्ड: तोलाकै २ लाख नाघ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्यमा रेकर्ड: तोलाकै २ लाख नाघ्यो

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८२, शुक्रबार

    काठमाडौं, १३ भदाै । नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख पुगेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य बढेर २ लाख नाघेको हो । यो मूल्य हालसम्मकै उच्च हो । सुनको मुल्य तोलामा १२ सयले बढेको छ भने चाँदी ५ ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६ सय निर्धारण भएको छ । चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ ।

    हिजो एक तोला सुन एक लाख ९९ हजार ४००मा किनबेच भएको थियो भने चाँदी रु दुई हजार ३५० मा कारोबार भएको थियो ।