


काठमाडाै, १७ भदाै । राष्ट्रिय सभा सदस्य पदम परियारले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवादेखि कमलबारी खण्ड सुरक्षित बनाउन सरकारसँग माग गरेका छन् । मङ्गलबारकाे राष्ट्रिय सभाकाे शुन्य समयमा बाेल्दै परियालरले उक्त खण्डमा दिनहुँ सडक दुर्घटना भइरहेको भन्दै सडकखण्डलाई सुरक्षित बनाउन आवश्यक प्रबन्ध गराउन सभाअध्यक्षमार्फत सरकारकाे ध्यानाकर्षण गराएका हुन् ।
केही समय यता उक्त खण्डमा दुर्घटना हुने क्रम बढ्दाे छ । मुग्लिन पाेखरा सडक विस्तार भएसँगै उक्त खण्डमा जाेखिम बढेकाे छ ।