स्वर्णिम वाग्लेले आफ्नो ‘डिप फेक’ अडिओ बनाएको भन्दै दिए साइबर ब्युरोमा निवेदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्वर्णिम वाग्लेले आफ्नो ‘डिप फेक’ अडिओ बनाएको भन्दै दिए साइबर ब्युरोमा निवेदन

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८२, बुधबार

    काठमाडाै, १८ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आफ्नो ‘डिप फेक’ अडिओ बनाएको भन्दै साइबर ब्युरोमा निवेदन दर्ता गरेका छन्।

    बुधबार दिउँसो वाग्ले भोटाहिटीस्थित ब्युरो पुगेर निवेदन दर्ता गरेका हुन्। ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले निवेदन दर्ता भएको बताए।

    ‘भिडिओ कन्टेन्टमा अडिओ उहाँको जस्तो बनाएर राखिएको भनेर निवेदन दिनुभएको छ। मेरो आवाज होइन, कसैले डिप फेक बनाएको हो भनेर भन्नुभएको छ,’ उनले भने, ‘हामी यसमा अनुसन्धान गर्दैछौं।’

    नेपाल–भारत सम्बन्ध, सीमा समस्यामा वाग्लेको अभिव्यक्ति भन्दै विभिन्न भिडिओ र टेक्स्ट सामग्री सामाजिक सञ्जालमा राखिएको थियो। वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको जस्तो बनाइएको थियो।