मेसीको जादुमयी खेलमा अर्जेन्टिना विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेसीको जादुमयी खेलमा अर्जेन्टिना विजयी

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०८२, शुक्रबार

    काठमाडाै, २० भदाै । लियोनल मेसीको जादुयी प्रदर्शनमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रबार भेनेजेएलालाई सजिलै ३–० ले पराजित गरेको छ । ब्युनर्स आयर्सको स्टाडियो मोनुमेन्टलमा भएको खेलमा मेसीले दुई गोल पनि गरे ।

    मेसीले ३९ औं मिनेटमा गोलको खाता खोले भने ८० औं मिनेटमा आफ्नो दोस्रो व्यक्तिगत गोल पनि गरे । यसक्रममा उनी पूरा खेल अवधिमा छाए । लउटारो मार्टिनेजले ७६ औं मिनेटमा थप एक गोल गरे ।

    डिफेन्डिङ च्याम्पियन रहेको अर्जेन्टिना अबको विश्वकपका लागि यसअघि नै छनोट भइसकेको छ । छनोटमा उसको १७ खेलबाट ३८ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा छ ।

    Messi's magic game Argentina winsआइतबारको अन्य खेलमा कोलम्बियाले बोलिभिया तथा उरुग्वेले पेरुलाई समान ३-० ले पराजित गर्‍यो । पाराग्वे र इक्वेडरले भने गोलरहित बराबरी खेले । घरेलु मैदानमा यही नै मेसीको अन्तिम खेल हो भनेर अन्तर्राष्ट्रिय मिडियाहरूले समाचार पनि प्रकाशित गरेका छन् ।

    मेसीले यसपछि विश्वकप छनोटका खेलहरू पनि नखेल्ने सम्भावना रहेको छ । अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । मेसीले विश्वकप खेल्नेबारे केही निश्चित गरिसकेका छैनन् ।