सिभिल अस्पताल हाताभित्रै प्रहरी धरपकड, स्वास्थ्यकर्मी भन्छन्– गोली र अश्रुग्याँस चल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिभिल अस्पताल हाताभित्रै प्रहरी धरपकड, स्वास्थ्यकर्मी भन्छन्– गोली र अश्रुग्याँस चल्यो

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८२, सोमबार

    काठमाडौं, २३ भदौ । जेनजी आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेको हो ।

    बानेश्वर क्षेत्रमा प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार नजिकैको सिभिल अस्पतालमा भइरहेको छ । घाइतेहरुलाई लैजाने क्रममा प्रदर्शनकारी पनि प्रवेश गर्ने र उनीहरुलाई पछ्याउँदै प्रहरी पनि प्रवेश गरेर धरपकड गरेको एक स्वास्थ्यकर्मीले बताए ।

    उनले भने, ‘अस्पतालको अवस्था निकै तनावपूर्ण छ । प्रहरीले प्रदर्शनकारीलाई इमर्जेन्सी भवनको अगाडि नै गोली र अश्रुग्याँस प्रहार गरेको छ । हामी उपचारमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले नै अश्रुग्याँस खानुपरेको छ ।’ (अनलाइन खबर)