बालेनले भने : अब संयमित हुनुहोला, देशको नेतृत्व तपाईंकै पुस्ताले गर्नुपर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेनले भने : अब संयमित हुनुहोला, देशको नेतृत्व तपाईंकै पुस्ताले गर्नुपर्छ

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    काठमाडौ, २४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेकाले संयमित हुन जेन-जी समूहलाई आग्रह गरेका छन् । फेसबुक पोस्टमा बालेनले देशको जनधन सबैको सम्पत्ति भएको पनि बताएका छन् ।

    प्रधानमन्त्रीको राजीनामा आइसकेकाले संयमित हुन जरुरी रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘अब संयमित हुनुहोला ! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।’