जेनजी प्रदर्शनकारीलाई संयमित रहन नेपाली सेनाको अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जेनजी प्रदर्शनकारीलाई संयमित रहन नेपाली सेनाको अनुरोध

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    काठमाडौं, २४ भदौ । नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको बताएको छ ।

    सार्वजनिक अनुरोधमार्फ्त सेनाले नेपालमा हाल भइरहेको “जेनजी” आन्दोलनका विकसित घटनाक्रमहरु बारे विश्लेषण गरिरहेको जनाएको छ ।

    जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै मृतक प्रति श्रद्धातञ्जली, शोक सन्तप्त परिवारजनमा समवेदना र सहानुभूति सँगै घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ ।

    ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ’, सेनाले भनेको छ ।