सेनाको सुरक्षाबाट बाहिर आए ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सेनाको सुरक्षाबाट बाहिर आए ओली

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०८२, बिहीबार

    काठमाडौ, २ असोज । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट निस्किएका छन्। ओली बिहीबार भक्तपुर फर्किएका हुन्।

    “पूर्वप्रधानमन्त्री गुण्डु आएर बसेको सूचना छ,” जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले भने।

    जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौमा ओलीलाई बालुवाटारस्थित निवासबाट सेनाले हेलिकोप्टरमा उद्धार गरेको थियो। उनले सोही दिन प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

    गुण्डुमा ओलीले एक घर भाडामा लिएको बताइएको छ। एमाले नेता महेश बस्नेतले संविधान दिवसको दिन असोज ३ गते ओली पार्टी कार्यालय च्यासल आउने बताइरहेका थिए।

    ओलीको बालकोटस्थित निवास आन्दोलनकारीले आगजनी गरी पूर्ण क्षति पुर्‍याएका छन्।