प्रदीप पौडेलले हदैसम्मको झुट बोलेको भगवतीको दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रदीप पौडेलले हदैसम्मको झुट बोलेको भगवतीको दावी

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८२, शनिबार

    काठमाडौ, ४ असोज । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हदैसम्मको झुटको राजनीति गरेको दावी गरेकी छन् ।

    तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालको अन्तिम मन्त्रीपरिषद् बैठकमा बोल्दै नबोलेको कुरालाई बोलेको भनेर प्रचार गरेपछि न्यौपानेले झुट नबोल्न आग्रह गरेकी छन् ।

    पौडेलले त्यस बैठकमा प्रधानमन्त्रीसँग आधा घण्टा सवालजवाफ गरेको भन्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

    न्यौपानेले भनेकी छन्, ‘तपाईंले आधा घण्टा डिबेट गर्नुभयो ? हामीलाई समेत अगाडि राखेर यही कुरा भन्दिनु त । निवर्तमान स्वास्थ्य मन्त्री ज्यु , मन्त्री परिषदको अन्तिम बैठकमा के भएको थियो भन्ने त्यति हदसम्म झुट बोल्न कसरी सक्न्नुभयो ? केही लेख्न र बोल्न मन थिएन तर हदैसम्म झुट पनि सुनेर कति बस्नु र जस्तो लाग्यो । युवा हुनुहुन्छ , भविष्य पनि उज्ज्वल नै छ तर यति धेरै फेक चाहिँ नहुनु होला ।’