


चितवन, ५ असोज । पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणघाट सडक खण्ड ४५ घण्टापछि एकतर्फी सुचारु भएको छ। उक्त सडक खण्डको तुइन खोलामा ढुङ्गासहितको पहिरो खसेपछि शुक्रबारदेखि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको थियो।
निरन्तर ढुङ्गा खोसिरहेकाले रातको समयमा काम बन्द गरी बिहान र दिउँसो मात्रै पहिरो पन्छाउने काम गरिएको थियो। सोही कारण ढिला गरी एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
उक्त खण्डमा विगत केही दिनदेखि ढुङ्गा खसिरहेकोले यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। सडकखण्ड बन्द हुँदा शुक्रबारदेखि हजारौं यात्रुहरू सडकमै रात बिताउन बाध्य भएका थिए।