


काठमाडाै, ७ असाेज । सरकारले तीन सचिवको जिम्मेवारी हेरेफेर गरेको छ । हिजो साँझ बसेको क्याबिनेट बैठकले रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।
यसअघि उक्त जिम्मेवारीमा रहेका गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । त्यस्तै, आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा पठाइएको छ ।
यसअघि अर्थ मन्त्रीले मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेका थिए ।