चलचित्र ‘हरिबहादुरको जुत्ता’ काे सेन्सर पास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चलचित्र ‘हरिबहादुरको जुत्ता’ काे सेन्सर पास

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८२, मंगलवार

    काठमाडौँ, ७ असाेज । चलचित्र ‘हरिबहादुरको जुत्ता’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिँदै सेन्सर पास गरेको हो । अब यो चलचित्र सबैले उमेर समूहका दर्शकले हेर्न पाउनेछन् ।

    दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । चलचित्र दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदै छ ।

    एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले खिचेको चलचित्रका सम्पादक नकुल खड्का हुन् । 

    चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको सङ्गीत रहेको छ ।