संविधान परिवर्तन र शासकीय स्वरुप फेर्ने अधिकार अन्तरिम सरकारलाई छैन : प्रधानमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संविधान परिवर्तन र शासकीय स्वरुप फेर्ने अधिकार अन्तरिम सरकारलाई छैन : प्रधानमन्त्री

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८२, बिहीबार

    काठमाडौं, ९ असाेज । प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन र शासकीय स्परुप फेर्ने अधिकार अन्तरिम सरकारलाई नभएको बताएकी छन् ।

    देशबासीका नाममा नाममा सम्बोधन गर्दै आउने चुनावपछिको संसदबाट संविधान संशोधन गर्न सुझाव दिइन् ।

    उनले भनिन्, ‘६ महिने कार्यकाल रहेको सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था छैन । तैपनि हामी कतिसम्म गर्नसक्छौं त्यसको इमानदार प्रयास गर्नेछौँ । नेपालको संविधान र शासकीय स्वरूपबारे जेनजी पुस्ताले आन्दोलनको क्रममा उठाएको विषय वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय हो ।’

    उनले परिवर्तन पक्षधर सबैलाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आग्रह गरिन् ।