पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका नलगाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका नलगाउने

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८२, आईतवार

    काठमाडौ, १२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दसैंमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन्।

    शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र शोक र विध्वंशको स्थितिबाट गुज्रिरहेको कारण पारिवारिक र सांस्कृतिक रूपमा मात्रै पर्व मनाउने बताएका हुन्।

    पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ।’

    उनले राष्ट्रको प्रगति र विकासका लागि आधुनिक प्रविधि, वैज्ञानिक दक्षता र बदलिँदो विश्व व्यवस्थालाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्।

    साथै, राज्य व्यवस्थामा जनमनोभावनालाई सम्बोधन गर्दै समयानुकूल सुधार गर्नु अनिवार्य रहेको पनि उल्लेख गरेका छन्।