सूर्य थापा भन्छन्: दमकल नपठाउने अपराधी उही थियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सूर्य थापा भन्छन्: दमकल नपठाउने अपराधी उही थियो

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८२, बुधबार

    काठमाडौ, २२ असोज । नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौँका मेयर बालेन शाहलाई घुमाउरो ढङ्गबाट कडा आरोप लगाएका छन्। शाहको नाम उल्लेख नगरी उनले राजधानीका मेयरलाई त्यो कुर्सीमा  एक मिनेट पनि बस्न लायक नभएको बताए। 

    ‘दमकल नपठाउने अपराधी उही थियो र दमकल रोक्ने भिड पनि उसकै थियो।सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत र संसद् भवन उसकै भिजिलान्तेहरूले जलाएका थिए भन्ने छर्लङ्ग भइसकेको तथ्य छ,’थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भदौ २४ गते ५४ जना मान्छेको जसरी ज्यान गयो, त्यही रहस्यमय लुसिफर डार्कम्यानकै उक्साहटमा नै गएको थियो। ऊ विदेशीको शिखण्डी र अपराधी हत्यारा हो। राजधानीको मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक छैन।’