संसद् पुनर्स्थापनको विकल्प छैन, कांग्रेस पनि यही बाटोमा उभिन्छ : ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसद् पुनर्स्थापनको विकल्प छैन, कांग्रेस पनि यही बाटोमा उभिन्छ : ओली

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८२, बिहीबार

    काठमाडौं, २३ असाेज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

    भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै तत्काल संसद् विघटन फिर्ता गर्ने माग लिएर अघि बढ्ने बताए।

    उनले भने, ‘मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ। अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन्। देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन।’

    उनले असंवैधानिक बाटोलाई समर्थन गरेर अघि बढे देश र संविधान अफ्ठेरोमा पर्ने बताए।