विश्वकप छनोट: नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप छनोट: नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०८२, बुधबार

    काठमाडौं, २९ असोज । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछन् ।

    खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः ४५ बजे सुरु हुनेछ ।

    ओमानलाई हराए नेपाल टी- २० विश्वकपमा छनोट हुनेछ । यसअघिको दुई खेलमा नेपालले युएई, कतारलाई पराजित गरेको थियो ।

    सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरू सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन्।  नेपाल टी–२० मा छनाेट हुने अवसरकाे रुपमा  आजकाे खेललाई लिइएकाे छ ।