प्युर्टो रिकोको पोष्टमा अर्जेन्टिनाको छ गोल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्युर्टो रिकोको पोष्टमा अर्जेन्टिनाको छ गोल

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०८२, बुधबार

    एजेन्सी, २९ असोज । विश्व विजेता अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबल खेलमा प्युर्टो रिकोलाई फराकिलो अन्तरले पराजित गरेको छ। बुधबार बिहान सम्पन्न भएको खेलमा अर्जेन्टिनाले प्युर्टो रिकोमाथि ६-० को सानदार जित दर्ता गरेको हो।

    खेलमा अर्जेन्टिनाका लागि मिडफिल्डर एलेक्सिस म्याक एलिस्टारले दुई गोल गरे, उनले १४औं र ३६ औं मिनेटमा गोल गरेका थिए। डिफेन्डर गोन्जालो मोन्टिएलले २३ औं मिनेटमा अर्जेन्टिनाका लागि दोस्रो गोल गरे। खेलको दोस्रो हाफमा अर्जेन्टिनाले गोलको वर्षा गर्‍यो। फरवार्ड लौटारो मार्टिनेजले पनि दुई गोल गरे, उनले ७९ र ८४औं मिनेटमा गोल गरेका थिए।

    अर्जेन्टिनाको गोल संख्यामा प्युर्टो रिकोका खेलाडी स्टीभन एचेभेर्रियाले ८४ मिनेटमा गरेको आत्मघाती गोल पनि जोडियो, जसका कारण अर्जेन्टिनाले ६-० को प्रभावशाली जित हासिल गर्न सफल भयो।