


दमौली, ७ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ हेल्थपोष्ट चोकमा शुक्रबार धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीय दिपेश न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
न्यौपानेलाई आक्रमण गर्ने दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । घाइते न्यौपानेको पिठ्युमा चोट लागेको र उनलाई उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएको छ ।