


दमौली, १६ कात्तिक । हरिबोधनी एकादशीमा मादी नदीमा भएको फोहर सामाजिक अभियान्ता सुदीप गफ्फारले सफा गरेका छन् । शनिबार एकादशी मेला भर्न आएका भक्तजनले व्यास नगरपालिका-३ स्थित सेतीमादी संगममा प्लाष्टिक लगायत अन्य फोहर यत्रतत्र फालेकामा आइतबार बिहानै गफ्फारले सफा गरेका हुन् ।
पवित्र मादीसेती नदीमा स्नान गर्न आउने भक्तजनले फोहर व्यवस्थित नगरी जथाभावी फालिदिएकाले आफूले त्यसलाई व्यवस्थित गरिदिएको गफ्फारको भनाइ छ । उनले भने, ‘मादीसेती संगम धार्मिक तथा पवित्र स्थल हो । यहॉ जथाभावी फोहर गरिदिनभएन ।’