सिद्धबेनीका अपाङ्गता भएका विद्यार्थीलाई गफ्फारद्वारा न्यानो कपडा वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिद्धबेनीका अपाङ्गता भएका विद्यार्थीलाई गफ्फारद्वारा न्यानो कपडा वितरण

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०८२, आईतवार

    दमौली, ७ मंसिर । व्यास नगरपालिका-१३ बेलबासस्थित सिद्धवेनी माध्यमिक विद्यालयका अपाङ्गता भएका विद्यार्थीलाई सामाजिक अभियान्ता सुदीप गफ्फारले आइतबार न्यानो कपडा वितरण गरेका छन् ।

    विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । ‘अभियान न्यानो’ अन्तर्गत गफ्फारले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सहयोद गरेका हुन् ।

    विद्यालयका प्रधानाध्यापक रोदन थापाले सहयोगप्रति आभार व्यक्त गरे ।

    गफ्फारले विपन्न विद्यार्थीको सहयोगका लागि ‘न्यानो अभियान’ सञ्चालन गरेका छन् । जसअनुसार व्यास-१३ कै जनजागृति गंगा माविमा केही दिन अगाडी विद्यार्थीलाई स्विटर वितरण गरिसकिएको छ । यस्तै तनहुँसुरका चेपाङ बालबालिकालाई पनि न्यानो कपडा वितरण गरिएको छ ।