दुई ब्याटरको शतकका बाबजुद भारतले हार्‍यो दक्षिण अफ्रिका विरूद्धको दोस्रो ओडिआई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दुई ब्याटरको शतकका बाबजुद भारतले हार्‍यो दक्षिण अफ्रिका विरूद्धको दोस्रो ओडिआई

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०८२, बिहीबार

    काठमाडाै, १८ मङ्सिर । दक्षिण अफ्रिका विरूद्धको दोस्रो ओडिआईमा भारत पराजित भएको छ।

    बुधबार बेलुकी रायपुरको शाहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले पराजित गरेको हो।

    भारतले दिएको ३५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४९.२ ओभरमा ६ विकेटको गुमाएर पूरा गर्‍यो। दक्षिण अफ्रिकाको जितमा ओपनर एडेन मारक्रमले शतक प्रहार गरे। उनले  ९८ बलमा १० चौका र ४ छक्का प्रहार गरी ११० रन बनाए।

    त्यस्तै म्याथ्यू ब्रीत्जकेले ६४ बलमा ५ चौका प्रहार गरी ६८ रन बनाए। डेवाल्ड ब्रेभिजले ३४ बलमा ५४ रन बनाउँदा १ चौका र ५ छक्का प्रहार गरेका थिए।

    कप्तान टेम्बा बउमाले ४८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए। टोनी डि जोर्जी १७ रन बनाएर रिटायर्ड हर्ट भए।   कोर्बिन बोस १५ रनमा ४ चौका प्रहार गर्दै २९ रन बनाएर नट आउट रहे।

    बलिङतर्फ भारतका प्रसिद कृष्ण र अर्शदीप सिंहले २/२ तथा हर्षित राना र कुलदीप यादवले १/१ विकेट लिए। पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो।

    त्यस क्रममा भारतका दुई ब्याटरहरू विराट कोहली र रूतुराज गायकवाडले शतक प्रहार गरे। कोहलीले ९३ बलमा ७ चौका र २ छक्का प्रहार गरी १०२ रन बनाएका थिए।

    गायकवाडले  ८३ बलमा १०५ रन बनाउँदा १२ चौका र २ छक्का प्रहार गरे।कप्तान केएल राहुल ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरी ६६ रन बनाएर नट आउट रहे। ओपनर यशश्वी जैसवालले २२ र रोहित शर्माले १४ रन बनाए।

    रविन्द्र जडेजा २७ बलमा २ चौका प्रहार गरी २४ रन बनाएर नट आउट रहे। बलिङतर्फ दक्षिण अफ्रिकाका मार्को जनसेनले २ तथा नन्द्रे बर्गर र लुंगी एनगिडी १/१ विकेट लिए।

    योसँगै भारत र दक्षिण अफ्रिकाबीचको सिरिज १-१को बराबरी भएको छ। अब शनिबार निर्णायक खेल हुनेछ।