कुलज्योतिका २५ विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कुलज्योतिका २५ विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०८२, आईतवार

    दमाैली, २१ मङ्सिर । तनहुँको म्याग्दे गाउँपालिका–१ बाख्रेस्थित कुलज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरिएको छ । सामाजिक अभियान्ता सुदीप गफ्फारको सक्रियतामा विद्यालयमा अध्ययनरत २५ विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरिएको हो ।

    देउसीभैलो खेलेर सङ्कलित रकमबाट विद्यालयमा सहयोग गर्ने अभियान अन्तर्गत कुलज्योतिका विद्यार्थीलाई पनि सहयोग गर्न पाउँदा खुसी लागेको गफ्फारले बताए ।

    विद्यालयका शिक्षिका देवीमाया खनालले आर्थिक रुपमा विपन्न विद्यार्थीलाई सहयोग गरेकामा आभार व्यक्त गरिन् । शिक्षिका श्रद्धा खनालले सहयाेगले विद्यार्थीकाे अध्ययन कार्यमा सहयाेग पुग्ने बताइन् ।