


दमौली, २१ मंसिर । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस तनहुँबाट प्रत्यक्षमा महिलातर्फ सरिता गुरुङले मात्रै इच्छा व्यक्त गरेकी छन् । नेपाली कांग्रेस तनहुँले आइतबार नामावली संकलन गरेकामा महिलाबाट सरिता गुरुङले मात्रै निवेदन दर्ता गरेकी छन् ।
उनले तनहुँ-१ बाट प्रत्यक्षका लागि इच्छा व्यक्त गरेकी हुन् । पार्टीले सोमबारसम्म आकांक्षीको नाम संकलन गर्नेछ ।
तनहुँ-१ का महिला नेतृ पवित्रा पौडेल, चिनु पोख्रेल, यमुना विक, एलिजा ढकालले समानुपातिकमा इच्छा देखाएका छन् ।
तनहुँ-२ मा भने प्रत्यक्षका लागि महिलाले इच्छा देखाएनन् । तनहुँ-२ मा माया राना र इन्दिरा खनालले समानुपातिकका लागि निवेदन दर्ता गराएका छन् ।
