अष्ट्रेलिया गोलीकाण्ड : कम्तीमा १५ जनाको मृत्यु, ३८ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    अष्ट्रेलिया गोलीकाण्ड : कम्तीमा १५ जनाको मृत्यु, ३८ जना घाइते

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०८२, सोमबार

    एजेन्सी, २९ मङ्सिर । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डाइ बीचमा भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । 

    न्यू साउथ वेल्स प्रहरीले आइतबार भएको घटनालाई आतंकवादी आक्रमणका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

    गोलीकाण्ड यहूदी समुदायलाई लक्षित गरी गरिएको प्रहरीले जनाएको छ । यहूदी पर्व हानुक्काको पहिलो दिन मनाउन सयौं मानिस भेला भएको बेला आक्रमण भएको थियो । 

    मृतकमध्ये एक जना होलोकस्टबाट बाँचेका वृद्ध रहेको र उनले गोली लाग्दाखेरी आफ्नी श्रीमतीलाई जोगाउने प्रयास गरेका थिए ।

    प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्ति बुबा–छोरा हुन् । घटनास्थलमै ५० वर्षीय बुबाको मृत्यु भएको छ भने २४ वर्षीय छोरा गम्भीर तर स्थिर अवस्थामा अस्पतालमा उपचाररत छन् । 

    ५० वर्षीय व्यक्ति गन क्लबका सदस्य रहेको र उनीसँग लामो बन्दुक प्रयोगको वैध अनुमति रहेको प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित भएर सिड्नीस्थित एक घरमा छापा मारिएको छ ।