रास्वपा व्यासको वडा अधिवेशन सुरु, १३ को अध्यक्षमा पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा व्यासको वडा अधिवेशन सुरु, १३ को अध्यक्षमा पाण्डे

    खबरपुञ्ज संवाददाता

    १ पुष २०८२, बुधबार

    दमौली, २ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिको वडा अधिवेशन बुधबारदेखि सुरु भएको छ । व्यास नगर समिति अन्तर्गत दश वटा वडाको अधिवेशन पुस २९ गतेसम्म सकिनेछ।

    बुधबार व्यास-१३ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनबाट सभापतिमा राजेन्द्र पाण्डे चयन भएका छन् ।

    वडा उपसभापतिमा शान्ता विक, सचिवमा दलबहादुर थापा र सदस्यहरुमा लेखबहादुर थापा, केशर आले, विष्णु रानाभाट, एकराज तिवारी, शोभा कंडेल, दुर्गाबहादुर विक, रामबहादुर रामदाम, खेमबहादुर राना चयन भएका छन् ।

    वडा अधिवेशनलाई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले सम्बोधन गरेका थिए । कार्यक्रममा रास्वपा तनहुँ सभापति विश्व बास्तोला, व्यास नगर सभापति चुडामणि दाहाल लगायतले मन्तव्य राखेका थिए ।