उपमहासचिवमा ओली प्यानलका रिमाल पराजित, पोखरेल प्यानलका योगेश विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उपमहासचिवमा ओली प्यानलका रिमाल पराजित, पोखरेल प्यानलका योगेश विजयी

    खबरपुञ्ज संवाददाता

    २ पुष २०८२, बिहीबार

    काठमाडाै, ३ पुस । नेकपा एमालेको उपमहासचिवमा केपी ओली पक्षका उम्मेदवार विष्णु रिमाल पराजित भएका छन् । ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई विजयी भएका छन् ।

    बिहीबार सम्पन्न ११ औं महाधिवेशनबाट ३ जना उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भएका हुन् । भट्टले १४५२, महासेठले १३६८ र भट्टराईले १३४८ मत प्राप्त गरे । 

    चौंथो नम्बरमा परेर पराजित भएका रिमालले १०९१ मत पाए । उनी यसअघि पनि उपमहासचिव थिए ।  रिमाल अध्यक्ष केपी ओलीका प्रिय पात्र हुन् । ओली प्रधानमन्त्री रहेको समयमा उनी प्रमुख राजनीतिक सल्लाहकार थिए ।