मिस कुमाल तनहुँ–२०८२ (भाग–३) आयोजना हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिस कुमाल तनहुँ–२०८२ (भाग–३) आयोजना हुने

    खबरपुञ्ज संवाददाता

    १० पुष २०८२, शुक्रबार

    दमौली, ११ पुस । कुमाल समुदायको भाषा, संस्कृति र जातीय पहिचानको उत्थान गर्ने उद्देश्यका साथ मिस कुमाल तनहुँ–२०८२ (भाग–३) आयोजना हुने भएको छ। ‘भाषा, संस्कृति र जातिको उत्थान, मिस कुमाल तनहुँको अभियान’ भन्ने नारासहित कार्यक्रम सञ्चालन हुन लागेको हो।

    प्रतियोगितामा कुमाल समुदायका १६ वर्षभन्दा माथिका (अविवाहित) युवतीहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ। सहभागी हुनका लागि न्यूनतम शैक्षिक योग्यता एसइइ उत्तीर्ण हुनुपर्ने उल्लेख गरिएको छ।

    प्रतियोगितामार्फत कुमाल संस्कृति, धर्म र परम्पराको संरक्षण, कुमाल भाषाको पहिचान, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, सञ्चार कौशल विकास, सामुदायिक सम्बन्ध सुदृढीकरण, कला र प्रतिभा प्रस्फुटन जस्ता विषयमा प्रशिक्षण प्रदान गरिनेछ। साथै मोडलिङ कक्षा, सेलिब्रिटी अन्तरक्रिया, नृत्य प्रशिक्षण, फोटोसुट तथा २५ दिने विशेष समूह तालिमसमेत समावेश गरिएको छ।

    प्रतियोगितामा विजेतालाई ५० हजार रुपैयाँ नगद, क्राउन, ट्रफी, प्रमाणपत्र, तीन महिने डान्स ट्रेनिङ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। त्यस्तै, प्रथम उपविजेताले ३० हजार र द्वितीय उपविजेताले २० हजार रुपैयाँ नगद सहित क्राउन, ट्रफी, प्रमाणपत्र, डान्स ट्रेनिङ र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

    दर्ता शुल्क निःशुल्क रहेको छ भने छनोटमा परेपछि १५ हजार रुपैयाँ प्रशिक्षण शुल्क लाग्ने आयोजकले जनाएको छ।