तनहुँमा सिमेन्ट बोकेको भारतीय ट्रक दुर्घटना, चालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सिमेन्ट बोकेको भारतीय ट्रक दुर्घटना, चालक घाइते

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०८२, शनिबार

    दमौली, १२ पुस ।  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार बिहान सिमेन्ट बोकेको भारतीय नम्बर प्लेटको ट्रक दुर्घटनामा परेको छ।

    डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको WB 73G 6210 नम्बरको सिमेन्ट बोकेको बल्गर (ट्रक) चालकले नियन्त्रण गुमाउँदा सडकको छेउमा पल्टिएको हो। दुर्घटनामा ट्रक चालक सवारीसाधनमै च्यापिएर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइते हुनेमा भारतको दार्जिलिङ घर भएका ४० वर्षीय अर्वेन्द सहनी रहेका छन्  

    सेना, प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य गरी चालकलाई बिहान करिब ८ बजे बाहिर निकालिएको छ । उद्धारपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ। प्रहरीका अनुसार चालकको दुवै हातखुट्टामा चोट लागेको भए पनि अवस्था मध्यम रहेको छ।

    दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको भए पनि सडकमा अवरोध भने भएको छैन। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक शिवप्रसाद पाठकको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको थियो।