कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मनोज, सचिवमा ज्याेति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मनोज, सचिवमा ज्याेति

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०८२, शनिबार

    दमौली, १२ पुस । कर्मचारी मिलन केन्द्र तनहुँको अध्यक्षमा मनाेज रानाभाट चयन भएका छन् । व्यास नगरपालिका-१४ छाब्दीमा शनिबार सम्पन्न अधिवेशनबाट रानाभाटकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे हाे । रानाभाट डिभिजन वन कार्यालय तनहुँका प्रमुख हुन् ।

    उपाध्यक्षमा प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी, सचिवमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख ज्योति आचार्य चयन भएका छन्।

    त्यसैगरी सदस्यहरूमा भानु नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डे, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयका प्रमुख रविनसन अधिकारी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्साल, यातायात व्यवस्था कार्यालय तनहुँका प्रमुख गोपाल ओली, आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अर्जुन पौडेल तथा डिभिजन वन कार्यालयका वन अधिकृत अरुण पराजुली चयन भएका छन्।

    निवर्तमान अध्यक्ष विजय कुमार सिंहलाई मिलन केन्द्रको सल्लाहकारमा नियुक्त गरिएकाे छ। साथै कोषाध्यक्ष र सहसचिव पद भने कार्यसमितिले मनोनयन गरिने जनाइएकाे छ ।

    कार्यक्रममा तनहुँ जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद बराल, मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, स्रेस्तेदार नन्द प्रसाद आचार्य लगायतकाे उपस्थिति थियाे ।