


तनहुँ । एक्स आर्मी-इन्दु टि फ्रेन्ड्स ग्रुपका भूपू सैनिकहरूले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै आर्थिक सहयोग गरेका छन्।
व्यास नगरपालिका–५, सौराहा, मानुङ निवासी उमा आले मगरको घाँटीको नशाको जटिल अपरेसन गर्नुपर्ने अवस्था रहेको र आर्थिक स्थिति अत्यन्तै कमजोर भएकाले उनको उपचारमा सहयोग आवश्यक परेको थियो। सोही सन्दर्भमा उमा आले मगरकी बैनी करिना पाटा मगरको आग्रहमा भूपू सैनिकहरू एकजुट भई सहयोग रकम संकलन गरेका हुन्।
समूहका सदस्यहरूको सहभागितामा संकलित सात हजार करिना पाटा मगरमार्फत बिरामी उमा आले मगरसम्म पुग्ने गरी हस्तान्तरण गरिएको छ ।